logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

बादल भेट्न प्रचण्ड , वामदेवलाइ भेट्न तीन भाइ


  • राजनीति
  • मंगलबार, पुष ७ २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैसेपाटी गएका छन् ।

गौतम र नेपाल, खनाल र श्रेष्ठबीच छलफल भइरहेको गौतमका सहयोगी विश्वमणि सुवेदीले बताए ।

विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि भेलामा नजाने अडान गौतमले लिएका छन् । यसअघि भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको समूहमा थिए ।

तर, गुटभेलामा भने सहभागी नहुने अडान लिएका छन् । कतै पनि सहभागी नभएका अर्का नेता रामबहादुर थापा बादललाई भेट्न मंगलबार बिहान प्रचण्ड पुल्चोक पुगेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक पुगेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेका छन् ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ओली र प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका बेला दाहालले मंगलबार बिहान बादललाई भेटेका हुन् । भेटमा प्रचण्डले आफूलाई साथ दिन भनेका छन् ।

बादलले भने हालसम्म कुन पक्षलाई साथ दिने भन्ने टुंगो लगाइसकेका छैनन् । बादल सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

बादल निकट स्रोतका अनुसार दुवै पक्षसँग छलफल जारी राखिए पनि के गर्ने टुंगो लागिसकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार