logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

नयाँ सरकार बनाउने प्रचण्डको घोषणा


  • राजनीति
  • बुधबार, पुष ८ २०७७

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद ब्युताएर नया सरकार बनाउने घोषणा गरेकाछन । दलको नेता चयन भएपछि प्रचण्डले सञ्चारकर्मीसँग भने, “राष्ट्र र जनताको अपेक्षा अनुसारको काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुनेछ।”

उनले भने, “सबै राष्ट्रिय राजनीतिक दलहरूलाई एकताबद्ध गरेर सहकार्य गरेर एकताको बलमा प्रतिनिधिसभा जीवित तुल्याउनेतिर मेरो ध्यान हुनेछ।”

उनले ठुलो चुनौतीको समयमा जिम्मेवारी पाएको बताए .

संसदीय दलको बुधवार बसेको बैठकले उनलाई चयन गरेको बैठकमा सहभागी सांसद रामकुमारी झाँक्रीले बताइन।

उक्त बैठकमा ११५ जना सांसद सहभागी भएको सांसद महेश्वर गहतराजको दाबी छ।

यस अघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए।

ओलीलाई उक्त समूहले कारबाही गरेर मङ्गलवार पार्टीको अध्यक्षबाट निष्कासित गरेको थियो।

संसद्मा नेकपाका ९० जना सांसदले केपी शर्मा ओली विरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावमा पनि प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएको

केपी ओली समूहले प्रचण्ड माधव समूहले गरेका निर्णयलाई अवैधानिक भन्दै आएको छ।

प्रचण्ड माधव समूहले पार्टीको केन्द्रीय समिति बैठक डाकेर मङ्गलवार पार्टी अध्यक्षमा माधवकुमार नेपाल थपेको थियो। छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार