logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बास्काेटाका पिएले चलाए हस्ताक्षर अभियानमा


  • राजनीति
  • आइतबार, पुष १२ २०७७

तत्कालीन संन्चारमन्त्री गाेकुल बास्काेटाले गृह जिल्लामा तटस्थ रहने भन्दै हस्ताक्षर सुरु गरेका छन

राजधानी नजिकै,काभ्रेको पनौती नगरपालिका–१,र्यालेमा आज आयोजित तत्कालीन एमालेका अगुवा कार्यकर्ता भेलाले नेकपाको केन्द्रीय तहमा देखिएको अराजकता,टुट,फुट र गुटबन्दीको घोर निन्दा गरेको छ ।




पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको निजी सचिव रहिसकेका राजकुमार सापकोटाको अगुवाइमा ६५ जना नेता-कार्यकर्ता उपस्थित सो भेलाबाट तत्कालीन एमालेका सबै कार्यकर्ता हालको अवस्थामा तटस्थ रहने र र्यालेलाई टुट,फुट र गुटबन्दीमा पर्न नदिई एकजुट राख्ने, कसैलाई गालीगलौज नगर्ने, शिष्ट बोल्ने सर्वसम्मत निर्णय गरिएको बताइएको छ ।

उता प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आफनै क्याबिनेटका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई अहिले पदबाट हटाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै सो को बिरुद्धमा लागेको कारण आङ्बोलाई हटाइएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार