राजनीति
संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्दका नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच आइतबार गो’ली हानाहान भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार दिउँसो ३ बजेदेखि चन्द नेकपाकम कार्यकर्ता र प्रहरीबीच भि’डन्त भएको हो । तर कुनै क्षतिको विवरण आएको छैन ।
जिल्ला ईन्चार्ज ‘उत्तरकुमार’ युवराज राईसमेत ३ जना मैदानेमा लुकेर बसेको अवस्थामा गस्तीमा रहेको प्रहरीलाई आ’क्रमण भएपछि प्रहरीले गो’ली चलाएको भनिएपछि । नेताहरु बसेकाे ठाउँमा प्रहरीलाई अनावश्यक गाे’लि चलाएकाे हुनसक्ने बताइएकाे छ । ती कार्यकर्ताको साथबाट प्रहरीले विस्फो’टक सामग्री बरामद गरेको छ । प्रजिअ आचार्यका अनुसार भि’डन्तपछि उनीहरु जंगलतिर भागेका छन् ।
उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यसअघि पनि मैदानेमा २ पटक प्रहरीले नेकपाका नेता माथि भि’डन्तकाे बाहाना बनाएर गाे’लि चलाएकाे थियाे ।
File photo