logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

के थियाे सेक्टर काण्ड ?


  • राजनीति
  • बिहिबार, पुष १६ २०७७

नेपाली क्रान्तिकारी कम्युनिस्ट इतिहासमा एक आदर्श व्याक्त्तित्व हुन नेकपा क्रान्तिकारी माओवादी का महासचिव माेहन वैद्य ‘किरण’ । माेहन वैद्य चिन्न उनका विभिन्न परिचय छन् उनी आदर्शवान  नेता मात्रै हाेइनन नेपालका दार्शनिक, साैन्दर्य चिन्तक तथा लेखक हुन। दर्शन राजनीति समाजमा गहिराे अध्यान तथा दख्खल राख्ने नेता वैद्य हालका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका गुरु हुन् ।

उनै वैद्य तत्कालीन मसालकाे महासचिव हुदा सेक्टर काण्ड घट्याे त्याे नेपाली कम्युनिस्ट आन्दोलनकाे इतिहासमा एक विशेष घटनाकाे रुपमा स्थापित हुन पुग्याे जसका कारण वैद्यले  महासचिव छाेड्न पर्याे । त्याे याेजनाबद्द थियो भन्ने आशंकाहरु अहिले पनि छन् । २०४४ तिर प्रचण्ड निकै तेज र क्रान्तिकारी युवा थिए वैद्यकाे नजरमा तर प्रचण्डले आफू नेतृत्वमा आउने दाउमा उक्त घटना भएको हुनसक्ने  विश्लेषण सत्य नजिक देखिन्छ के थियाे त सेक्टर काण्ड नेकपा क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरणकाे कुरामा आधारित याे सामाग्री ।

तत्कालीन मसालका महासचिव माेहन वैद्य किरण थिए ।  २०४४ काे पञ्चायती चुनाव बहिष्कार भयाे । ०४४ सालको अन्त्यको कुरा हो । बहिष्कारका लागि पार्टीका साथी जिम्मेवारी लिएर खटिएका थिए तत्कालीन महामन्त्री माेहन वैद्य । बहिष्कार गर्ने सिलसिलामा एउटा अकाल्पनीक घटना घट्यो ।

स्थानीय पार्टीका साथीले योजना बनाएकाे महासचिव लु थाहा पाएनन्  । उपत्काका ४/५ प्रहरीक सेक्टरमा हमला भएछ । प्रहरी घाइते भए । दोहोरो भिडन्तमा पार्टीका साथी पनि घाइते हुन पुगेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना वि.स. ००६ सालमा भयो । पुष्पलाल श्रेष्ठसहित चार युवा नेताले पार्टी स्थापना गरे । ०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझी दरबार छिरे ।

त्यसपछि मुलभूत रूपमा कम्युनिस्ट आन्दोलनमा दुई धार देखाप-यो । एउटा मार्क्सवाद, लेलिनवाद, माओविचारसहित नयाँ जनवादी क्रान्ति गर्ने विचारधारा अर्को रुस पक्षीय राष्ट्रिय प्रजातन्त्र र संसद्वादलाई मान्ने कम्युनिस्ट पार्टी भए ।

रुस पक्षीय र संसद्वालालाई मान्ने धाराको तुलसीलाल अमात्यले प्रतिधित्व गरे । अर्को झापा विद्रोहबाट आएका नेता माक्र्सवाद, लेलिनवाद माओविचार मान्नेहरूको एउटा धारा भयो । तर, वैचारिक रूपमा म मोहनविक्रम सिंह र निर्मल लामाले प्रतिनिधित्व गर्नेतिर आकर्षित भएँ ।

यो झापा विद्रोहभन्दा फरक धारको प्रतिनिधित्व गर्ने पार्टी थियो । पहिला केन्द्रीय न्युक्लियसपछि चौथो महाधिवेशन पार्टीका रूपमा स्थापना भयो । नेतृत्वमा मोहनविक्रम सिंह, निर्मल लामालगायतका नेता थिए ।

मेरो जन्म ००३ सालमा प्युठान जिल्लामा भयो । उच्च शिक्षा अध्ययन गर्न दाङ झरेँ । सोही क्रममा विद्यार्थी राजनीतिमा सक्रिय भएँ । मैले आधिकारिक रूपमा कम्युनिस्ट पार्टीको सदस्यता ०२१ सालमा लिएको थिएँ । त्यसवेला कम्युनिस्ट पार्टीको सदस्य पाउँन कठिन थियो ।

आधारभूत रूपमा कम्युनिस्ट विचारदर्शन बुझेपछि मात्र सदस्यता दिने गरिन्थ्यो । तर, अहिले त सदस्यता दिँदा पहिलाजस्तो कठिन छैन ।

मेरो पारिवारिक पृष्ठभूमि निम्नमध्यम वर्गीय बाहुन किसान परिवार हो । ब्राह्मण परिवार भएकाले ब्राह्मण धाराबाट प्रभावित हुनु स्वाभाविक हो । परिवार गरिब भएकै कारण म कम्युनिस्ट विचारप्रति आकर्षित भएँ । दाङमा पढ्दै गर्दा विद्यार्थी आन्दोलनमा लागेकाले पनि त्यतातिर आकर्षित भएँ । कम्युनिस्ट विचार मान्ने साथीहरूको संगत भएकाले पनि होला ।

त्यसवेलाका शिवराज गौतम, नेत्रलाल अभागी लिडर थिए । विद्यार्थी राजनीतिमा भने नारायण आचार्य, लोकमणि आचार्यबाट प्रभावित भए । पछि मैले आदर्श मानेका नेता एमाले हुनुभयो । त्यसबेला दाङमा सामन्तवादी शोषण दमन अत्यधिक थियो । त्यो उत्पीडनबाट मुक्त हुनुपर्छ भन्ने भयो । अर्को गरिब, किसान, मजदुर श्रमजीवी जनतालाई कम्युनिस्ट विचारले मात्र मुक्ति दिन सक्छ भन्ने अनुभूति भयो । त्यसैले पनि कम्युनिस्ट भएँ ।

पञ्चायतकालमा तीन वर्ष जेल बसेँ

०२१ सालमा पार्टी सदस्य पाएपछि विद्यार्थी राजनीति गर्दै चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य भएँ । पञ्चायतकालदेखि नै राजनीतिमा लागेपछि जेलनेल, दमनमा पर्नु स्वाभाविकै भयो । त्यसवेला पञ्चायती व्यवस्थाको हैकम थियो । पार्टी भए पनि सबै भूमिगत थिए ।

चौथो महाधिवेशन पनि भूमिगत नै थियो । अरू पार्टीभन्दा कम्युनिस्ट पार्टीलाई थप हैरानी हुन्थ्यो । ०२५ सालमा दाङमा, ०२७ सालमा प्युृठानमा र ०२९ सालमा सल्यानमा जेल परेँ  । यसरी पञ्चायतकालमा तीन वर्षजति जेल बसेँ ।

मोहनविक्रम सिंहसँग विवाद भयो

०४० सालमा नेपाल कम्युनिष्ट पार्टी मसाल गठन भयो । नेकपा मसालको महासचिव म भएँ । दुई वर्ष नपुग्दै मोहनविक्रम सिंहले नेकपा मसाल गठन गर्नुभयो । त्यसवेला मोहनविक्रमजीलाई पातलो र हामीलाई मोटो मसाल भन्ने गरिन्थ्यो ।

निर्मल लामाको समूहले चौथो महाधिवेशन नाम राखेर पार्टी चलाउनुभयो । हुन त हामी सबै चौथो महाधिवेशन पक्ष नै हौँ । तर, हामी अन्यन्त्रै लागेपछि लामाले पार्टी पुनर्गठन गर्नुभयो ।

पार्टी फुट्नुअघि मेरो मोहनविक्रमजीसँग वैचारिक रूपमा घम्साघम्सी प-यो । अहिले आएर बेकारमा गरिएछजस्तो लाग्छ । त्यसवेला पार्टी विभाजन हुनुपर्ने कारण नै थिएन । अहिले सानोतिनो विषयमा विवाद गरिएजस्तो लाग्छ ।

पार्टी फुटका सांगठनिक कारण नै धेरै थिए । यसले अनुशासन तोड्यो, उसले अनुशासन तोड्यो भन्ने खालका कारण हुन्थे । पार्टी पदमा को जाने, को नजाने भन्ने झिनामसिना कारण थिए । साना कुरामा अल्झिएछौँ, मिलेर एउटै पार्टीमा बसेको भए हुने रहेछजस्तो लाग्छ ।

सेक्टर काण्ड र राज्यको चरम दमन

हामीले पञ्चायती चुनाव बहिष्कार ग-यौँ । ०४४ सालको अन्त्यको कुरा हो । बहिष्कारका लागि पार्टीका साथी जिम्मेवारी लिएर खटिनु भएको थियो । बहिष्कार गर्ने सिलसिलामा एउटा अकाल्पनीक घटना घट्यो ।

स्थानीय पार्टीका साथीले योजना बनाउनुभएछ । उपत्काका ४/५ प्रहरीक सेक्टरमा हमला भएछ । प्रहरी घाइते भए । दोहोरो भिडन्तमा पार्टीका साथी पनि घाइते हुनुभयो ।

पञ्चायती व्यवस्था त्यसमाथि उपत्यकामा प्रहरीमाथि हमला गएपछि त्यो घटनालाई ठूलो बनाइयो । साथीहरूलाई धरपकड गरियो । असाध्यै यातना दिइयो । राज्यले यति चरम दमन ग-यो, यातना थियो कि भनी साध्यै छैन ।

राज्यले यसो गर्नुपर्ने कारण नै थिएन । गल्ती भएको भए आफ्नै ढंगले मुद्दा चलाए पनि हुन्थ्यो । मुद्दा चलाएर जेलमा राखेको भए हुन्थ्यो । तर, त्यसो भएन ।

नेताहरूमा थ्रेट बढ्यो । केन्द्रीय नेताहरू सबैजसो भूमिगत थिए । प्रहरीले ठूला नेताहरूलाई पक्राउ गरेर यातना दिन पाएन । पार्टीका जिल्लास्तरका नेता कार्यकर्ता मारमा पर्नुभयो ।

यसमा धेरैजसो मजदुर, विद्यार्थीलगायतका कार्यकर्ता साथीहरू हुनुहुन्थ्यो । त्यतिवेला पार्टीको महासचिव म आफैँ थिएँ । पार्टीमा साथीहरूले धेरै आलोचना गर्नुभयो । मलाई नैतिक संकट पनि भयो ।

प्रचण्डलाई महासचिव बनाएँ

सेक्टर काण्ड भएको ६ महिनापछि पार्टी महासचिवबाट राजीनामा दिएँ । ममाथि धेरैपटक प्रश्न उठाएपछि राजीनामा दिएको हुँ । पार्टीका अन्य साथीको पनि एक तह घटुवा गरियो । त्यसवेला मैले प्रचण्डलाई उचित व्यक्ति मानेर महासचिवमा प्रस्ताव गरेँ ।

युगअनुसार प्रचण्डले नेतृत्व गर्न सक्छ भन्ने लागेको थियो । मूलभूत रूपमा प्रचण्ड र म एउटै विचारका थियौ । त्यो वेला दक्षिणपन्थी अवसरवाद र संशोधनवादको विरोध गर्दै आएका थियौँ । नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्ने विषयमा पनि एक ठाउँमा थियौँ । सशस्त्र संघर्ष गर्नुपर्छ भन्ने विषयमा पनि एउटै विचार थियो ।

अर्को कुरा, म नयाँ युवाप्रति आकर्षित हुन्थेँ । नयाँ युवालाई माथि ल्याउनुपर्छ भन्ने लाग्थ्यो । त्यसैले, प्रचण्डलाई अवसर दिएको हुँ । अहिले पनि पार्टीमा नयाँ युवालाई अघि सार्नुपर्छ भन्ने मान्यता राख्छु ।

अहिले आएर उहाँ एउटा धारबाट अर्को धारमा जानुभयो । प्रचण्डजी भन्न त छलाङ हानेको, फड्को मारेको भन्नुहुन्छ तर, उहाँले उल्टो फड्को हान्नु भयो । त्यो वेलाको प्रचण्ड र अहिलेको प्रचण्डमा गुणात्मक फरक छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार