logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

प्रधानमन्त्रीको बैठक दुई मुख्यमन्त्रीले गरे बहिष्कार


  • राजनीति
  • शुक्रबार, माघ २ २०७७

नेपाल कम्युनिष्ट पार्टीमा आएको विभाजनको असर राष्ट्रिय विकास समस्या समाधान समिति बैठकमा पनि परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको समितिको ४८ औं बैठकमा दुई प्रदेशका मुख्यमन्त्रीहरु भने उपस्थित भएनन्।

बालुवाटारमा बोलाएको बैठकमा प्रचण्ड-माधव पक्षका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने उपस्थित भएनन्। बैठकमा प्रदेश १ का शेरधन राई, प्रदेश २ का लालबाबु राउत, वागमतीका डोरमणि पौडेल, गण्डकीका पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल उपस्थित थिए।

गत साता प्रधानमन्त्री धनगढी जाँदा पनि भट्ट प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा नगएपछि उनको आलोचना भएको थियो। कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीवरुद्ध पनि ओली निकट प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराएपछि एकृकीत नेकपामा हलचल ल्याएको थियो। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा औपचारिक रुपमा विभाजन भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार