राजनीति
लक्ष्मण थारुले न्यायका लागि थारूहरू अन्तिम विद्रोहको तयारीमा रहेको बताएका छन्। कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाइएका थारूले अन्तिम विद्रोहको तयारीमा रहेको बताएका हुन्।
उच्च अदालतको फैसलापछि फरार रहेका थारुले जंगलमा पत्रकार सम्मेलन गरेर विद्रोहमा जाने तयारी भएको बताएका हुन्। उनले सर्तसहित सरकारसँग वार्तासमेत नगर्ने बताएका छन्। उनले कानूनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने र सडकमार्फत् पनि विद्रोह गर्ने बताए।
उनले भने, ‛प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट फैसला लेखेर उच्च अदालत पठाईएका हुन्। न्याय र अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्छ ।’
ओलीले संसद विघटन गरेर बेईमानी गरेको थारुले आरोप समेत लगाए। जिल्ला अदालत कैलालीको आदेशपछि तीन वर्ष कैद भुक्तान गरेर रिहा भएका थारु उच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि फरार रहेका छन्।