logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

देशभर नेकपाको मसाल जुलुस बन्द सफल पार्न आव्हान


  • राजनीति
  • शुक्रबार, माघ ९ २०७७

सरकारले प्रतिबन्धित गरेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केन्द्रिय नेता धमेन्द्र बास्तोलाको गिरफ्तारीको विरुद्धमा माघ १० गते बन्द कार्यक्रम सफल पार्नका लागि आज साझ काठमाडौ लगायत देशभर मसाल जुलुश निकालेको छ ।मुलुकका विभिन्न ठाउमा अहिले साझ मसाल जुलुस निकालेकाहुन । सरकारी सुरक्षालाइ चुनौती छिचोल्दै नेकपाले प्रदर्सन गरेको बताएको छ ।

सरकारले राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाएपछि नेकपाका नेता कार्यकर्ता गिरफ्तारी र धरपकडलाइ मात्र बढी जोड दिएको छ ।

सरकारले चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई अप’राधिक समुहको रुपमा परिभाषित गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछी नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमान्ड इन्चार्ज स्थायी समिति सदस्य धमेन्द्र बास्तोला सहित आज सम्म झन्डै २००० को हाराहारीमा नेता कार्यकर्ता गिरफ्तार गरेको छ ।

भोली अर्थात माघ १० गतेको बन्द लाइ सफल बनाउन जनतालाइ आव्हान गर्दै उपत्यका लगायत देशका ठुला शहरमा मसाल जुलुस निकालिएको नेकपा स्रोतले बताएको छ । नेकपाले भोली १० गतेको दिन यातायात,कल कारखाना ,सबै शैक्षिक सघ सस्थाहरु बन्द गरेर न्यायपुर्ण आन्दोलनमा सहयोग अपिल समेत गरेको छ ।

विप्लवद्धारा १० गते नेपाल बन्दकाे घाेषणा

विद्राे’ही नेपाल कम्युनिस्ट पार्टी नेकपाले माघ १० गते नेपाल बन्दकाे घाेषणा गरेकाे छ। नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्ताेला लगायतका नेता गिरफ्तारी काे बिरुद्ध नेपाल बन्दकाे आयाेजना गरिएकाेे हाे ।

बिहिवार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्आर विक्फ्नारम चन्द विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रिय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन सहितका नेता कार्यकर्तालाई प्रहरीले बिना कारण गिरफ्तार गरेको विरोधमा नेपाल बन्द सम्मका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका हुन ।

विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी विज्ञप्तिमा भनिएकाे छ ‘गत बुधबार दिउँसो ३ गते पार्टीको काममा रहेको समयमा केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन सहित ब्युरो सद्स्य विवेक र विशाललाई ललितपुरको बाग्मति गाउँपालिकाबाट पक्राउ गरेको प्रति विरोध एवं घोर भर्त्सना गर्दै माग ३ गते देखि १० गतेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन।

विद्रोही नेकपाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापि मशाल जुलुस र १० गते नेपाल बन्द लगायतका कार्यक्रमहरु रहेका छ्न।

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार