logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओली राष्ट्र अपराधी हुन : प्रभाकर


  • राजनीति
  • आइतबार, माघ २५ २०७७

पुर्व गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रलाई आत्मसमर्पणको बाटोमा लैजान संविधान समाप्त पार्नका लागि संसद विघटन गरेको बताएका छ ।

नेता शर्माले संविधान समाप्त गर्ने बाटोमा अघि बढेका ओली राष्ट्र अप’राधी भएको पनि आरो’प लगाएका छन । इलाममा प्रचण्ड–माधव पक्षको नेकपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले ओली व्यक्ति मात्र नभएर प्रवृत्ति पनि भएकाले पार्टीबाट ओली प्रवृत्तिलाई निर्मूल बनाउनु पर्ने पनि बताएका हुन ।

उनले कम्प्युनिष्ट पार्टीले अपनाएको गलत विधि र पद्धतिका कारण ओली प्रवृत्ति पैदा भएको भन्दै आफैंभित्र भएको केपी प्रवृत्तिको विरुद्ध सबैले लड्नु पर्ने पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार