logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सांसद थापा सहित ७ जना गिरफ्तार


  • राजनीति
  • आइतबार, माघ २५ २०७७

बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा राष्ट्रिय जनमोर्चाले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।
घटनाको विरोधमा पार्टीसम्बद्ध अनेरास्ववियू (छैठौँ) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

सो क्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद पियारी थापा, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोख्रेल, सचिव सुवास जिसी, केन्द्रीय सदस्यहरु विवेक विसी, प्रतिभा आचार्य तथा विद्यार्थीहरु सुमन पौडेल एवं ध्रुव बस्यालसहित ७ जनालाई प्रहरीले गिरफ्तार गरेको जनमोर्चाले जनाएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राज्यले न्याय प्रदान नगर्ने र विरोध पनि गर्न नदिने रवैया अपनाएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले गिरफ्तार परेकाहरुलाई तत्काल रिहाईको माग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार