logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

माओवादी केन्द्रकाे स्थायी समिती बैठक बस्दै


  • राजनीति
  • शनिबार, फाल्गुन २९ २०७७

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शनिबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान बस्ने बैठकले पछिल्लो राजनीति घटनाक्रम र आइतबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ ।

आजको स्थायी कमिटी बैठकले माओवादी केन्द्रमा नफर्किएका नेता कार्यकर्ताको बारेमा पनि आवश्यक निर्णय लिने बताइएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकलौटी केन्द्रीय कमिटी बैठक बसेर माओवादी केन्द्रका नेताहरूलाई एमालेको केन्द्रीय सदस्य नियुक्त गर्दै जिम्मेवारी दिइसकेका छन् ।

यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा पनि छलफल हुने बताइएको छ । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आजको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका साथै समग्र विषयमा छलफल हुने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार