logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पहिराेका कारण २२ जनाकाे ज्यान गयाे !


  • राजनीति
  • शनिबार, असोज १ २०७९

अविरल बर्षाका कारण अछाममा दर्जनौं काे मृत्यु सगै जनधनको ठुलो क्षेति भएको छ । भाद्र ३१ गते दिउँसोदेखि परेको अविरल बर्षाका कारण पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ भने केही अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

अछाम जिल्लाको तुर्माखाद गाउँपालिकामा ९ जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा ७ जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा ५ जना र ढकारी गाउँपालिकामा १ जना गरी जम्मा २२ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यू हुनेमा १ बर्ष देखि माथि ४ बर्ष उमेर समुहका मानिसहरु रहेका छन ।

मृत्यु हुनेमा जिल्लाका ढकारी गाउँपालिका ,तुर्माखाँद गाउँपालिका यस्तै गरि कमलबजार नगरपालिका जनता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दियो । पहिरोमा परेर ११ जना घाइते छन् ।प्रहरी नायब उपरीक्षक नारायण डाँगी ले खटाएको टाेलिले खाेजिकार्य जारी राखेको छ २२ जनाको शव भेटिँदा केही अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामकाे अासंका छ। अहिले मानवीय क्षतिको विवरण संकलन गरीरहेको र शनाखतको काम जारी रहेको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीकाे भनाइ छ । बाढी तथा पहिरोमा घाइते भएका ११ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको पनि जानकारी प्राप्त भएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार