logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नवलपरासी र बाजुरामा मतपेटिकामा आगजनी !


  • राजनीति
  • आइतबार, मंसिर ४ २०७९

नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।

स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।

उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आग्जनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

यस्तै बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।

क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ ।

कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार