logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कांग्रेसकाे कुटपिटबाट एमाले नेता ऐडीकाे मृत्यु !


  • राजनीति
  • सोमबार, मंसिर ५ २०७९

बाजुरामा दुई समूहबीच भएको झडपमा परी थप एक जनाको मृत्यु भएको छ । गए राति नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट त्रिवेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु भएको बयलपाटा अस्पतालका प्रमुख डा. मन्दिप पाठकले जानकारी दिए । यसअघि आइतबार दुई समूहबीचको झडपमा प्रहरीले बल प्रयोग गर्दा सुरेन्द्र ऐडी (संजिव) को मृत्यु भएको प्रहरीले जनाएको छ । सो झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवरसहित ३ जना घाइते भएका थिए ।

यस्तै झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन्। इन्सास राइफल अझै फेला नपरेको प्रहरीले बताएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार