logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रतिलिटर ३ रुपैयाँले घट्याे पेट्रोलकाे मूल्य !


  • राजनीति
  • शुक्रबार, पुष १ २०७९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट घटेको मूल्य आएसँगै निगमले पेट्रोल, डिजल मट्टीतेलमा ३/३ रुपैयाँ घटाएको छ। 

पेट्रोलको १ सय ८१ बाट घटेर १ सय ७८ रुपैयाँ, डिजेल र मट्टितेलकको १ सय ७८ बाट घटेर १ सय ७५ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ। 

हवाइ इन्धन-आन्तरिक र हवाइ इन्धन–बाह्य) को मूल्य घटाइएको छैन। हवाइ इन्धन १ सय ९० र हवाइ इन्धन बाह्य १.६४५ डलरमा बिक्री हुँदै आएको छ। एलपी ग्यास १ हजार ८ सयमा बिक्री हुँदै आएको छ। 

निगमले सरकार इन्डियन आयल कर्पोरेसनलाई डिसेम्बर २०२२ सम्म १९ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ। वक्यौता एवं ऋण तिर्न कठिन भइरहेको निगमले जनाएको छ। 

पटक पटक मूल्य घटेर आएपनि निगमले यसअघि मूल्य समायोजन गरेको थिएन। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार