logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माधव नेपाल पनि सरकारमा जाँदै, बामदेवले गरे यस्तो आग्रह !


  • राजनीति
  • मंगलबार, पुष १२ २०७९

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीलाई वर्तमान सत्तारुढ गठबन्धनमा सामेल नगराउनु प्रधानमन्त्री पुष्पकमल दाहालको भूल भएको बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि कुराकानी गर्दै गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई एकीकृत समाजवादीलाई पनि गठबन्धनमा सामेल गराउन सुझाव दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई शक्तिमा पुर्याउन अध्यक्ष नेपालले भूमिका खेलेको भन्दै उनलाई बीचैमा छाड्नु ऐतिहासिक भूल हुने उनको भनाई थियो । गौतमले भने, ‘अहिले सानो देखिएपनि पुष्पकमल दाहाल प्रचण्डलाई शक्तिमा पुर्याउन भूमिका खेल्ने मुख्य सहयोगी पार्टी हो । अहिले प्रधानमन्त्री प्रचण्ड बन्ने गरी नेकपा माओवादी केन्द्र केपी ओलीसँगको गठबन्धनमा सामेल भएको छ । नेकपा एकीकृत समाजवादी छुट्न हुँदैन । यो गठबन्धनमा यो पार्टी सामेल हुन सकेन ऐतिहासिक भूल हुनेछ ।’

उनले प्रचण्डले माधव नेपालसँग सम्मानजनक छलफल नगरी एक्लै सामेल हुनु आलोचनाको विषय भएको बताउँदै प्रचण्डले एउटा मित्रलाई सम्मानजनक व्यवहार नगरेको बताए । उनले भने, ‘बाहिर प्रचण्ड देखिए पनि संविधानलाई ट्रयाकमा ल्याउन भूमिका खेल्ने आधा ब्रेक, आधा शक्ति माधव नेपाल हुन् । त्यसैले प्रचण्डले फूलमाला लगाएर उहाँलाई गठबन्धनमा लग्नुपर्छ ।’ आजको भेटमा नेपाल कम्युनिस्ट आन्दोलनमा एकताबद्ध बनाउन जस्तो सुकै त्याग गर्न दुवै नेता सहमत भएको पनि नेता गौतमले खुलाए । साथै प्रचण्डले राम्रोसँग छलफल गरे नेपाल गठबन्धन र सरकारमा जानसक्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार