logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माेराेक्काेमा भुकम्पले २ हजार बढीको मृत्युु, ३ दिन राष्ट्रिय शाेक घाेषणा


  • राजनीति
  • आइतबार, भाद्र २४ २०८०

मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन्।भने सरकारले मोरक्कोमा भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न शनिबार तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

मोरक्कोमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। १८.५ किलोमिटरको गहिराइमा भूकम्प केन्द्रबिन्दु बनाएर गएकाे संयुक्त राज्य भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठूलो सहर र लोकप्रिय पर्यटकीय गन्तव्य माराकेसबाट ७० किलोमिटर दक्षिणपश्चिम रहेको अल हाउज प्रान्तको इघिल सहरनजिक छ।

भूकम्पमा परी मृत्यु हुनेमा धेरैजसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्। भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ। रबात र कासाब्लान्कालगायत मोरक्कोका धेरै सहरहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो। तौराडान्ट र माराकेस सहरहरूमा धेरै घर भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

रेडक्रस सोसाइटी अफ चाइनाले शनिबार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारका लागि दुई लाख अमेरिकी डलर सहयोग गरेको छ। अरब लिग, इजिप्ट, युएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबियालगायतका देशले पनि सहयोग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार