logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रामकुमारी एमालेमा फर्किदै, ओलीसंगकाे सम्बन्धबारे गरिन् यस्तो खुलासा


  • राजनीति
  • बुधबार, असोज ३ २०८०

Ram Kumari Jhakri

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले कम्युनिष्टहरुको मूलधार एमाले नै भएको बताएकी छन् । (मंगलबार) एक टेलिभिजनकाे अन्तरवार्तामा कुरा गर्दै उनले ऐतिहासिकता, जनमत र संस्थागत हिसाबले पनि एमाले कम्युनिष्टहरुको मूलधार भएको बताएकी हुन् । उनले कम्युनिस्टहरु एकता हुनु पर्ने भन्दै घुमाउरो हिसावले एमालेमा फर्किनसक्ने संकेत गरेकि छन् ।

‘ऐतिहासिक हिसाबले, संस्थागत हिसाबले निर्माण भएको पार्टीको हिसाबले एमाले कम्युनिष्टहरुको मूलधार त हो नै । आज जनमतको हिसाबले पनि । त्यसमा कुनै सन्ध्य नै भएन । हामी समाजवादी मूलधार हुँ भन्न त थ्रेस होल्ड नै काटेनौं । हामीलाई पत्याएनन् । जनताले नपत्याएपछि हामीले गफ गरेर भएन । माओवादी हिंसात्मक युद्धबाट आयो । उसको कार्यनीतिक बाटा फरक थियो ।’ उनले भनिन्, ‘जुन रापतापका साथ आयो, त्यो रापतापका साथ अडिन सकेन । त्यसले गर्दाखेरी यसैपनि एमाले क्लासिकल फोर्स हो भन्ने दुईमत नै रहेन ।’

पछिल्लो समय नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नजिक हुनुका कारण घटनाक्रमले निर्धारण गरेको सम्बन्धका रुपमा बुझ्न पनि उनले आग्रह गरिन् । ओलीसँगको टकरावपूर्ण सम्बन्ध पनि घटनाक्रमले हार्दिकतामा परिणत भएको उनले अप्रत्यक्ष रुपमा स्वीकार गरिन् ।
‘यी सबै सामाजिक घटनाक्रमले नै निर्धारण गरेको सम्बन्धहरु हुन् । कुनैबेला एकदम टकरावपूर्व सम्बन्ध पनि हुने बेला हार्दिकतापूर्व बनाउने पनि घटना क्रमले नै निर्धारण गर्ने हो । को सँग संवाद छ छैन भन्ने कुरा धेरै महत्वपूर्ण भएन । वामपन्थीहरुको एकीकरण एउटा सपना हो,’– उनले भनिन् ।

कम्युनिष्टहरुको अन्तराष्ट्रिय घोषणा पत्रको टुप्पोमा लेखिएको छ, ‘संसारमा मजदुरहरु एक हौं’ लेखिएपनि संसारमा सबैभन्दा धेरै विभाजित कम्युनिष्टहरुनै विभाजित भएको उनले तीतो यथार्थ पनि व्यक्त गरिन् । आदर्श चाहिँ एक हुने राख्ने र टुक्रा–टुक्रा कोठा बारेर बस्ने प्रचलन संसारभरी रहेको उनको भनाई थियो ।

नेपालको कम्युनिष्ट आन्दोलन चाईनिज समाजवाद कि रसियन समाजवाद भनेर टुक्रा–टुक्रामा विभाजित भएको उनले बताईन् । उनले कस्तो राष्ट्रियता, कस्तो प्रभूत्ववाद र कस्तो साम्राज्यवाद भन्ने नामबाट नेपालका कम्युनिष्टहरु धेरै चोटी विभाजित भएका बताईन् ।

वामपन्थीहरुको ध्रबीकरणको आवश्यकता औल्याउँदै उनले त्यसका लागि निरन्तर प्रयास आवश्यक रहेको औंल्याईन् । उनले विगतबाट पाठ सिकेर अब एजेण्डासहित वामपन्थीहरु ध्रवीकरण हुन आवश्यक रहेको बताईन् । ‘ध्रुबीकरण आवश्यक छ । अब कम्यनिष्टहरु एक हुनुपर्छ । मैले त्यो मान्यता राख्छु,’– झाँक्रीले भनिन् ।

‘एउटा एकता भएर हामी झन चार÷पाँच टुक्रा भयौं । त्यो दुःखद् अनुभवलाई हेरेर अब विथ एजेण्डा पार्टीहरुको ध्रुवीकरण जरुरी छ । सेन्टर टु राइटका डेमोक्र्याटिका फोर्सहरु पनि एक ठाउँमा आउन जरुरी छ,’– उनले भनिन् ।

प्रतिक्रियावादी र पुनरुत्थानवादी कित्तामा भएका दलहरुलाई डेमोक्र्याटहरुले अंगालो हालिरहन जरुरी नभएको उनको टिप्पणी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार