logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रिकेटकाे स्वर्ण पदक भारतलाई


  • राजनीति
  • शनिबार, असोज २० २०८०

चीनको हान्झाउमा जारी एसियाली खेलकुदको क्रिकेटमा भारतले स्वर्ण पदक जितेको छ ।

वर्षाका कारण फाइनल खेल पूरा नभएपछि वरीयतामा अघि रहेको आधारमा भारतलाई स्वर्ण पदक प्रदान गरिएको छ ।

वरीयताका आधारमा पछि परेको अफगानिस्तानले भने रजत पदकमा चित्त बुझाएको छ ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभरमा ५ विकेट गुमाउँदै ११२ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।

तर पछि पानी नरोकिएपछि वरीयताका आधारमा भारतलाई विजेता घोषित गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार