logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अफगानिस्तानकाे भुकम्पमा परी ज्यान गुमाउनेकाे संख्या २ हजार नाघ्याे


  • राजनीति
  • आइतबार, असोज २१ २०८०

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजारभन्दा बढी पुगेको छ।

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या आइतबार ह्वात्तै बढेर २ हजारभन्दा बढी पुगेको तालिवानी सरकारका प्रवक्ताले बताएका छन्।

शनिबार गएको ६.३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको थियो।

यसपछि आएको पराकम्पले उद्धारमा कठिनाइ भइरहेको र थप क्षति पुगेको बताइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

एक प्रत्यक्षदर्शी स्थानीय ४२ वर्षीय बशीर अहमदले भूकम्पको पहिलो झट्कामा सबै घर भत्किएका र घरभित्र रहेकाहरू पुरिएका बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार