राजनीति
आफ्नो देशका भुकम्पपीडितलाई अफगानिस्तानका क्रिकेटर राशिद खानले सहयोगको घोषणा गरेका छन्। राशिद खान हाल विश्वकप खेल्न भारतमा छन्।
राशिद खानले ट्वीट गर्दै भनेका छन्, ‘विश्वकप २०२३ को लागि मैले जति कमाउने छु, त्यो भूकम्पबाट प्रभावित मानिसहरूलाई सहयोग गर्नेछु। हामीले चाँडै फन्ड जुटाउने छौं र यसका लागि अरूसँग सोध्नेछौं।’
अफगानिस्तानमा गएको भूकम्पका कारण दुई हजारभन्दा बढीको मृत्यु भएको छ। भूकम्पका कारण नौ हजारभन्दा बढी घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन्।
भूकम्पका कारण ४ सय ६५ भन्दा बढी घर ध्वस्त भएका छन् भने १३५ घरमा क्षति पुगेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ६.३ म्याग्निच्युडको भूकम्प गएकाे थियाे। गत सालको जुनमा गएकाे भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको थियो ।
