logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काेशीमा माओवादीका इन्द्र आङ्बो मुख्यमन्त्री बन्दै


  • राजनीति
  • बिहिबार, असोज २५ २०८०

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङ्बोलाई आघि सार्ने निर्णय गरेको छ ।

गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । सत्ता गठबन्धनमा आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसभित्र भने विवाद मिलिसकेको छैन । कांग्रेसभित्र शेखर कोइराला पक्षधरले नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउनु पर्ने बताउँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार