logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वमा मोहन बैध ‘किरण’


  • राजनीति
  • आइतबार, मंसिर २३ २०८१

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत भएका छन् । काठमाडौंको कीर्तिपुरमा सम्पन्न पार्टीको महाधिवेशनबाट वैद्य सर्वसम्मत चुनिएका हुन् ।

सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली ‘सुदर्शन’को समर्थनमा उनी सर्वसम्मत चुनिएको एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए । उनलाई महाधिवेशनको हलले ताली बजाएर सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस्तै, महाधिवेशनबाट १ सय १७ सदस्यीय केन्द्रीय समिति गठन भएको छ भने १६ वटा मूल प्रस्ताव पारित गरेको छ ।

ती सदस्यका अुनसार ८० सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन भएको छ ।

महाधिवेशनले केन्द्रीय परिषद् सदस्य गठन गरेको छ । जसमा १ सय १७ केन्द्रीय सदस्य रहेका छन् भने ८० वैकल्पिक केन्द्रीय सदस्य छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार