logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड (पूर्णपाठसहित)


  • राजनीति
  • बिहिबार, जेष्ठ १६ २०८२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। उपप्रधानमग्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजेट पेस गरेका हुन्।

संसदमा बिहीबार प्रस्तुत बजेटअनुसार चालू खर्च ११ खर्ब ८० अर्ब ९८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्चमा ४ खर्ब ७ अर्ब १९ करोड (२०.८) प्रतिशत) र र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ ।

उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ । यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठः

https://drive.google.com/file/d/1CnTxS1nJYl6Yyl3x7AzbIROtvY7wL73x/view

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार