राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेसँगै प्रधानमन्त्री ओलीले ग्रडेड विद्यार्थीहरुलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “एसईई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरुलाई हार्दिक बधाई ! यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ।”
गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेका र ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडमा रहेकाले यो वर्षको नजिता सुधार गर्न आफूहरुले धेरै मिहिनेत गरेको प्रधानमन्त्री ओलीको दाबी छ ।
ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्न भन्दै ओलीले सफलताको अर्को दिन पनि आउने विश्वास गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको एसईईको नजितामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।