राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्पणी गरेका छन् ।
४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा मङ्गलबार बीपी स्मृति अस्पताल बसुन्धरामा आयोजित देशविदेश विकास र देशवासीको उन्नतिको आधार बीपी विचार विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् । शर्माले राजा र मेरो गर्दन जोडिएको छ भन्ने बीपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेका बताए ।
त्यसको परिणाम नेपालमा राजसंस्थाको समेत अन्त्य भएको उनको दाबी छ। उनले बीपी कोइरालालाई बुझ्ने सला सवालमा नेपालमा धेरै नै कमजोरी भएको उनले उल्लेख गरे ।
“बीपी कोइरालालाई सही मानेमा जति जाडो जति सही मानेमा बुझ्न सकिन्छ । त्यति चाँडो देशको उन्नतिलाई सहज बनाउन सकिन्छ । बीपी कोइरालालाई बुझ्ने सवालमा बीपी कोइरालालाई चिन्ने सवालमा बीपी कोइरालालाई आत्मसाथ गर्ने सहरमा नेपालको भिन्नभिन्न सशक्तिहरूबाट कमजोरी भएको छ । महामन्त्री हामीबाट भएको एउटा कमजोरी छ । नेपालको कम्युनिस्ट कोइरालालाई बुझ्ने सवालमा अर्को कमजोरी छ । राजसंस्थाले राजाहरूले गर्ने कमजोरीहरू अर्को पाटो छ,” उनले भने ।
नेपाली कांग्रेसले पनि बीपीलाई उचित ढंगले बुझ्न नसकेको र नेपालका कम्युनिष्ट पार्टी र राजसंस्थाबाट पनि बीपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उनको भनाइ छ ।