logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

चितवनमा लोडसेडिङको कार्यतालिका सार्वजनिक


  • राजनीति
  • आइतबार, साउन १२ २०८२

चितवन । गर्मी याममा विद्युतको माग बढेको भन्दै चितवनमा लोडसेडिङको कार्यतालिका सार्वजनिक गरिएको छ।

चितवनस्थित नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले ६ घण्टा विद्युत आपूर्ति बन्द गर्ने गरी लोडसेडिङ तालिका सार्वजनिक गरेको हो।
चनौली वितरण केन्द्रले सूचना जारी गर्दै नारायणी– फिडरहरूमा बिहान ६ बजेदेखि ९ सम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्म विद्युत आपूर्ति बन्द गरिने जनाएको छ।

त्यस्तै मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म तथा जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ९ बजेदेखि १२ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ।

“अत्याधिक गर्मी र रोपाइको समयमा आकाशपानी नपरेकाले सिँचाइ र ग्राहकहरूको लोड बढ्न गई विद्युतको माग ४५० एम्पियरसम्म पुगेको छ। जसको कारण केही दिनदेखि विद्युत आपूर्तिमा लोड व्यवस्थापनमा समस्या आइरहेको हुँदा २०८२ ४११ गते निम्न बमोजिमका फिडरहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने व्यहोरा सूचना मार्फत जानकारी गराइन्छ,” चिनौली वितरण केन्द्रद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार