logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माधवलाई झलनाथको प्रश्न : तपाईं तानाशाह बन्न खोज्नुभएको हो ?


  • राजनीति
  • शुक्रबार, साउन १७ २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) क शीर्ष दुई नेताबीचको आन्तरिक विवाद सतहमा आएको छ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल माथि तानाशाह बन्न खोजेको आरोप लगाएका छन्।

नेता खनालले हालै एक टेलिभिजन अन्तर्वार्तामा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि नभएको धारणा व्यक्त गरेपछि अध्यक्ष माधव नेपालले त्यसको प्रतिवाद गरेका थिए ।

वरिष्ठ नेता खनालको अभिव्यक्तिपछि अध्यक्ष नेपालले सार्वजनिक रुपमै पार्टी छोडेर जान सक्ने अभिव्यक्ति दिएका थिए।

अध्यक्ष नेपालले पार्टी छोडेर जानसक्ने भन्ने अभिव्यक्ति दिएपछि नेता खनालले अध्यक्ष नेपालको भनाइ एकदमै असोभनिय, गैर जिम्मेवार र तानाशाही प्रकृतिको भएको प्रतिक्रिया दिएका छन्।

खनालले भने, “पार्टीको नेतृत्व गर्ने व्यक्तिले अर्को नेतालाई बोल्ने भाषा यस्तो हुँदैन। मेरो कुरामा चित्त नबुझेको हो वा केही स्पष्ट हुनुपर्ने थियो भने बैठकमा बोलाएर वा व्यक्तिगत रुपमा सोध्न सकिन्थ्यो। सार्वजनिक रूपमा आदेश दिनु र पार्टी छोड भन्नु सरासर तानाशाही प्रवृत्ति हो ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार