राजनीति
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो ३ः१५ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा विद्यायन व्यवस्थापन समितिका सभापति तलुसी कुमारी दाहालले ‘संघीय निजामती विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।