logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दुई लाख घुससहित मालपोत कार्यालय काभ्रेका नासु पक्राउ


  • राजनीति
  • बुधबार, भाद्र १८ २०८२

काठमाडौं । जिल्ला मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ ।

अख्तियारको टोलीले बुधवार बिहान मालपोत कार्यालय काभ्रेमा छापा हानेर २ लाख नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित प्रहरीको टोलिले मुचुल्का उठाउने काम गरिरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार