राजनीति
काठमाडौं । आज दशैंको मुख्य दिन विजया दशमी मान्यजनबाट टिका र जमरा लगाएर मनाइँदैछ । तर कतिपयलाई टिका लगाउँदा कुन स्थानमा फर्किने भन्ने दुविधा हुनसक्छ ।
टिका प्रसाद ग्रहण गर्नको लागि साइत खोज्नेहरुका लागि नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज बिहान ११ः५३ बजे टिकाको उत्तम साइत रहेको जनाएको छ । दुर्गा पक्षको मुख्य दिन आज मान्य जनको हातबाट नवदुर्गाको प्रसादको रुपमा शुभसाइतको प्रतिक रातो टिका एवम् समृद्धिको प्रतिक जमरा लगाइन्छ ।
टिका कता फर्किएर लगाउने ?
परम्परा अनुसार पूर्व–पश्चिम टिकाको साइत हो । पूर्व पट्टी फर्किएर टिका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्य तया पूर्वपश्चिम नै हाम्रो परम्परा हो । दक्षिणतिर पृति कर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन् । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा टिका पनि लगाइदिने र थाप्ने दिशा तय गर्छन् ।
टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने र लगाइदिने व्यक्ति पश्चिम फर्किनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।