logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

इलाममा पहिरोमा परी २८ जनाको मृत्यु


  • राजनीति
  • आइतबार, असोज १९ २०८२

काठमाडौं । अविरल वर्षाका कारण गएको पहिरोमा परी इलाममा २८ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार इलाम नगरपालिका– ६ घोसमा ६ जना, सुर्याेदय नगरपालिकामा ५,देउमाई नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३, माइजोक गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जना गरी जम्मा २८ जनाको मृत्यु भएको छ ।

बाढी–पहिरोमा परेर घर पुरिएका कारण धेरै संख्यामा मानविय क्षती भएको हो । बाढी प्रभावित क्षेत्रमा अहिले स्थानीय सहित सुरक्षाकर्मीहरुको टोली परिचालन भई उद्धार कार्यमा खटिरहेका छन् ।

केही घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत् उद्धार गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार