logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पार्टीलाई पुनर्गठन गरेर अघि बढ्न एमाले सचिव गोकर्ण विष्टको आह्वान


  • राजनीति
  • शनिबार, मंसिर १४ २०८२

काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टी पुनर्गठन गरेर अघि बढाउने गरी प्रतिनिधि चयन गरेर जिम्मेवार पूर्ण भूमिका खेल्पन पार्टी पङ्क्तिमा आह्वान गरेका हुन् ।

उनले मंसिर २७ गतेबाट सुरु हुने महाधिवेशनका लागि एमालेले आज देशभर प्रतिनिधि चयन गर्दै गरेको जानकारी दिँदै यस्तो आह्वान गरेका हुन् ।

सचिव विष्टले यतिबेला देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्न र पार्टीलाई थप गति, उर्जा एकताका साथ जनताको विश्वास आर्जन गर्ने गरी बलियो बनाउनु पर्ने बताए ।

उनले भनेका छन्, “आदरणीय कमरेडहरु, तपाईंहरु आज हाम्रो पार्टीको ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दै हुनुहुन्छ । हामीले यतिबेला देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई थप गति, उर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरि बलियो बनाउनु पर्नेछ । यसका लागि समयको माग अनि आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरि प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राखेको छु ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार