राजनीति
काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ ।
आइतबार विशेष अदालत काठमाडौंले प्रतिवादीहरुले राखेका साक्षीहरुलाई बकपत्र गराउन आदेश दिएको हो । विशेष अदालतका न्यायाधीशद्धय नारायणप्रसाद पौडेल र डिल्ली रत्न श्रेष्ठको इजालासले साक्षी उपस्थित गराउन आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगामा पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको थियो ।
आयोगले दायर गरेको मुद्दामा जनही १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।