logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाका अध्यक्ष कट्टेललाई अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदेश


  • राजनीति
  • आइतबार, फाल्गुन १० २०८२

नेकपाका अध्यक्ष कट्टेललाई अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषिराम कट्टेललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश टेक प्रसाद ढुंगानाको एकल इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै कट्टेललाई अदालतमा उपस्थित गराउन र लिखित जवाफ पेश गर्न गृहमन्त्रालयसहितको नाममा आदेश दिएको हो ।

यही फागुन ६ गते निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा अध्यक्ष कट्टेललाई कीर्तिपूरबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । अध्यक्ष कट्टेललाई प्रहरीले पक्राउ गरेपछि उनको हकमा छोरा रुपेश कट्टेलले सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रहरीले नेकपाका अध्यक्ष कट्टेलसहित नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेता विष्णुप्रसाद तिमिल्सिना लगायतका अन्य नेता कार्यकर्ताहरुलाई समेत पक्राउ गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार