logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहमन्त्री अर्यालले लिए धादिङ बस दुर्घटनाका घाइतेको स्वास्थ अवस्थाबारे जानकारी


  • राजनीति
  • सोमबार, फाल्गुन ११ २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले धादिङ बस दुर्घटनाका घाइतेहरूको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् ।

अर्यालले आज कलंकीस्थित नेपाल नेसनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर मा उपचाररत घाइतेलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडास्थित त्रिशूली नदी किनारमा सोमबार राति १ः३० बजे दुर्घटना भएको थियो।

दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी हाल नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर तथा धादिङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

अस्पताल भेटका क्रममा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले दुर्घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए।

दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कार्यदल गठन गरिएको छ। गृहमन्त्रीसँग गृह र स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी तथा सुरक्षा निकायका प्रमुखसमेत अस्पताल पुगेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार