logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची


  • राजनीति
  • बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आह्वान गरिएको छ ।

प्रतिनिधि सभा २०८२ को पहिलो अधिवेशनको पहिलो बैठक आज बस्न लागेको हो । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको हलमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा जेष्ट सदस्य वा सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने कार्यसूची रहेको छ ।

त्यस्तै गृहमन्त्री सुदन गुरुङले “मतदाता नियमावली (पहिलो संशोधन) अध्यादेश, २०८२”, “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२” र “नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२” प्रतिनिधि सभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज दिउँसो २ बजे नै राष्ट्रिय सभा बैठकको पनि बस्दैछ । २० औँ अधिवेशनको पहिलो बैठक आज बस्न लागेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्षले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पात्रको जानकारी गराउने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट मन्त्रीपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार