राजनीति
काठमाडौं । अफानिस्तामा भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ भने चार जना भन्दा बढी घाइते भएका छन् । राजधानी काबुलसहित केही भागमा शुक्रबार राती ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
अफगानी सरकार प्रवक्ता हमदुल्लाह फितरतका अनुसार भूकम्पले राजधानी काबुल र पूर्वी प्रान्त पञ्जशीर, लोगार, नान्गारहार, लगमान र नुरिस्तानका समुदायहरूलाई असर गरेको छ। मानवीय क्षतिको अतिरिक्त भूकम्पका कारण ३८ आवासीय घरहरूलाई क्षति पुर्याएको छ भने कुल ४० परिवारलाई असर गरेको छ ।
उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लाबाट ३५ किलोमिटर दक्षिणमा रहेको र १८६.४ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु सुरुमा ३६.५५ डिग्री उत्तरी अक्षांश र ७०.८५ डिग्री पूर्वी देशान्तरमा रहेको अनुमान गरिएको थियो।
काबुल र छेउछाउका प्रान्तहरूमा शक्तिशाली भूकम्प महसुस गरिएको थियो जनाइएको छ ।