logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अर्थ मन्त्री डा खतिवडाको बजेट भाषण पछि पेट्रोल र डिजेलको मूल्य बढ्यो,यस्तो छ नयाँ मुल्य


  • राजनीति
  • बिहिबार, जेष्ठ १६ २०७६

पोखरा- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा इन्धनको मुल्य बढाउने बताएको केही घण्टामा नै निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको हो।

आर्थिक वर्ष २०७६ र ७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सडक बनाउनका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने बजेटमा घोषणा गरेका थिए ।

निगमले बुधबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० प्रति लिटर बढाएको छ । डिजेल र मट्टितेमा पनि निगमले १ रुपैयाँ ५० प्रति लिटरका दरले नै मूल्य बढाएको छ ।

पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा पुगेको छ ।

विषादी प्रयोग गरी पकाइएको आँप बिक्री वितरण,नखान चिकित्सकको सुझाव

पोखरा- आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।

स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।

भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु सिरहा सदरमुकामसहित लहान, गोलबजार, मिर्चैयालगायतका शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीले बताएका छन् । विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको स्थानीयवासी सन्तोष साहको गुनासो छ ।

आँपमा विषादी हालेर पकाइएकाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकको सुझाव छ ।

आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । सिरहामा फल्ने आँप काठमाडौं, विराटनगर, पोखरासहित मुलुकका विभिन्न शहरका साथै भारतलगायतका अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार