logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

घट्यो पेट्रोल, डिजेल, मट्टितेलको मूल्य “यस्तो छ नयाँ मूल्य”


  • राजनिती न्युज डेस्क
  • मंगलबार, फाल्गुन ६ २०७६

पोखरा – नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले घटेको छ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ। यसअघि ११० रुपैयाँ थियो। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ।

पछिल्लो समय भारतबाट इन्धनको मूल्य केही कम भएर आएकाले नेपालमा मूल्य समायोजोन गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।

निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गरेको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने अहिले यथावत राखिएको निगमले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार