राजनीति
हिजो बेलुका ललितपुरमा भएको बम बिस्फोटमा परि घाइते भएका सिम प्रसाद गुरुङ्गको उपचारका क्रममा मेडिसिटी हस्पिटलमा निधन भएको थियो । वास्तवमा उनि को हुन त ?
मृतक गुरुङका छिमेकी प्रकाश सायमीले उनके बारेमा लेखेको स्टाटसलाइ साभार गरिएको छ ।
हिजो ललितपुरको नख्खुस्थित एन्सेल कार्यालयमा भएको बम विस्फोटमा परेर निधन हुने सिमप्रसाद गुरुँग जी को हुन् ? चिन्नु जरुरी छ ।
सिमप्रसादजी पाँच छ वर्ष अगि गोधूली संसार टोलमा मेरो छिमेकमा बस्न आउनु भएको थियो , उहाँले दमन बस्नेतले बेच्नु भएको घर शान्तिराम दाहालले किनेपछि सोही घर किनेर उहाँ बस्न आउनु भएको हो । उहाँ यहाँ आउनु अगि सिँगापुर आर्मीमा हुनुहुन्थ्यो ।
हाम्रो टोल छिमेकमा उहाँको गज्जबको व्यक्तित्व बन्यो करीब एकवर्षमै , उहाँ साफ सफाई , शान्ति सुरक्षा, अनि छरछिमेकलाई सहयोग गर्नमा आफैँ तल्लीन हुने गर्नु हुन्थ्यो । देश र देशको वर्तमान अवस्थालाई लिएर उहाँ प्रायः चिन्ता गरिरहनु हुन्थ्यो ।
लम्जुँगको गुरुँग परिवारमा जन्मेका सिमप्रसादजी बोलीचालीमा अति सहज र व्यवहारमा एकदम सादा व्यक्तित्व हुनुहुन्थ्यो । हरेक विहान उहाँ मलाई गुडमर्निँग सर भनेर सम्बोधन गर्नु हुन्थ्यो ।
उहाँ मैले जीवनमा मैले भेटेका साह्रै साह्रै नै असल मित्र मध्ये एक हुनुहुन्थ्यो तर उहाँलाई गुमाउनुको पीडा मलाई मात्र होइन, हामी सम्पूर्ण गोधूली संसारवासीलाई नै परेको छ ।

सायमीको स्टाटसको स्क्रिनसट
https://m.facebook.com/story.php?story_fbid=2043371765716224&id=641102345943180
फाइल फोटो