logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेपथ्य ब्यान्डले दिए बारा–पर्साका प्राकृतिक विपत्ती पिडितलाई ५१ हजार रुपैयाँ


  • राजनीति
  • सोमबार, चैत्र १८ २०७५

पोखरा- नेपथ्य ब्यान्डले नेपालय समूहसँग मिलेर बारा–पर्साका प्राकृतिक विपत्ती पिडितलाई ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।नेपथ्य समूह–नेपालयको नामबाट प्रदेश २ मुख्यमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरिएको हो।

नेपथ्य र नेपालयले आफूहरुले बारा–पर्साका पिडितलाई सहयोग गरेको बताउँदै सबैलाई सहयोगको लागि अपिल गरेका छन्।समूहले प्राकृतिक विपत्तीको घडीमा एकले अर्कालाई सहयोग गर्नुपर्ने बताएका छन् आइतबार साँझ एक्कासि आएको हुरीको कारण बारा–पर्सामा ठूलो संख्यामा जनधनको क्षति भएको छ।

पछिल्लो अपडेटअनुसार २७ जनाको को मृत्यु भैसकेको छ भने ४ सयको उद्धार गरिएको छ। जसमध्ये २ सय ८२ जनाको उपचार हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार