logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्याङ्जामा शिशु जन्माएसँगै अविवाहित आमाले गरिन् आफ्नै कोठमा आत्महत्या


  • पत्रपत्रिका
  • बुधबार, चैत्र २० २०७५

स्याङ्जा – स्याङ्जामा एक महिलाले शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकी छिन् । स्यान्जा जिल्लाकाे भीरकोट नगरपालिका-७ का गम्बर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थलमा पुगेको थियो । प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मल खाडलमा सालनाल भेटाएको समेत फेला पारेका थिए। जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार बेग बहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले पनि आत्महत्या गरेकी हुन् ।

आफ्नै गोठमा अविवाहित स्नेहाले सलको पासो लगाइ छट्पटाइरहेको अवस्थामा स्थानीयले देखेपछि हँसियाले सल काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।
शिशुको थप पहिचानको लागि डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । उहाँले यसबारे थप अनुसन्धान भइरहेको पनि बताउनुभयाे ।

वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि स्नेहाले बच्चा जन्माएको पोष्टमार्टमा देखिएको जनाएको छ ।

स्वास्थ्य केन्द्रका डाक्टर सुवास पौडेलका अनुसार पोष्टमार्टमा स्नेहाले बच्चा जन्माएको देखिन्छ तर उनको बच्चा हो वा होइन भन्ने विषयमा डीएनए परीक्षणपछि मात्रै टुङ्गो लाग्नेछ । शिशु जिवितै वा मृत जन्माएको भन्ने विषय भने खुलिसकेको छैन । आमा-शिशु दुवैकाे शवलाई पोष्मार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालो अनलाइनमा समाचार लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार