राजनीति
सप्तरी- सप्तरीमा एक यूवाले आत्महत्या गरेका छन् । छिन्नमस्ता गाउँपालिका वडा नं। १ निवासी २१ वर्षिय घनश्याम यादवले हात्महत्या गरेका हुन । बिहान ७ बजेतिर आफ्नै घरदेखी पश्चिममा रहेको शिरिषको रुखमा झुण्डिएर यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
स्विटरको पासो घाँटीमा लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको यादवको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल पु-याई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसरी आत्महत्या गर्ने अधिकांश घटनामा प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।