logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यसरी चितवन राष्ट्रिय निकुञ्जबाट उत्पत्ति भयो ‘फेटा टोर्नाडो’


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

बारा–पर्सा- जल तथा मौसम विज्ञान विभागले बारा–पर्सामा ठूलो धनजनको क्षति गर्ने गरी आएको ‘टोर्नाडो’ चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको पुष्टि गरेको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन जल तथा मौसम विज्ञान विभागले गरी गत चैत्र १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको विनाशकारी हावाहुरी ‘टोर्नाडो’ ले बारा–पर्सामा ठूलो धनजनको क्षति पुगेको पुष्टि भएको जानकारी गराएको हो।

विभागले चैत्र २० गतेदेखि २४ गतेसम्म वैज्ञानिकहरुको एक टोली स्थलगत अध्ययनका लागि पठाएको थियो। सो स्थलगत अध्ययनको क्रममा लिइएको भिडियो, पाइएको सूचना तथा त्यसलाई अध्ययन गर्न प्रयोग गरिएको प्रविधिले सो विनाशकारी हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको विभागका महानिर्देशक सरदकुमार बैद्यले जानकारी दिए।

गत चैत्र १७ गते आएको विनाशकारी हावा हुरीमा परी बारा–पर्साका २९ जनाको ज्यान गएको थियो भने सयौं घाईते भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार