logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विपेन्द्र बतास विरुद्ध कास्की प्रहरीमा ठगीको जाहेरी दर्ता,अदालतको आदेश कुर्दै प्रहरी


  • राजनिती न्युज डेस्क
  • मंगलबार, बैशाख ३ २०७६

पोखरा- पोखराको चर्चित व्यवसायी बतास अर्गनाइजेसनका विपेन्द्र बतास विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आज जाहेरी दर्ता भएको छ ।दाल प्रसाद श्रेष्ठ (मनोज)ले बतासले ठगि गरेको भन्दै जाहेरी दर्ता गराएको जानकारी प्रापत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी एक हप्ता अघि नै पेस गरेको भएपनि आज सोमबार मात्रै जाहेरी दर्ता गरेको हो । रकम लिनदिनेको सम्झौता गरी रकम नदिइ ठगि गरेको आरोप पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीले लगाएका हुन् ।

केही वर्षअघि पहारीको २ करोड २५ लाख रुपैयाँ र श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरि ४ करोड २३ लाख रुपैयाँ ठगि गरेको आरोप विपेन्द्र बतास विरुद्द छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज जाहेरी दर्ता भएको र भोली अदालतबाट आदेश भएपछि बतासलाई पक्राउ गरिने बताएका छन ।

“ठग ! बदमास विपेन्द्रराज बतास” को शीर्षकमा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीले उनले गरेको ठगिबारे समाचार प्रकाशन गरेको थियो। सोही समाचारका कारण बतासले सिआइबीमा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरी विरुद्ध मुद्धा दर्ता गराएका थिए ।

सिआइबीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पादक गिरीलाई आज पक्राउ गरि काठमाडौँ पठाएको थियो । अर्जुन गिरी हिरासत मुक्त भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार