logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गोरखा फुजेल:युवकको करेन्ट लागेर मृत्यु


  • राजनीति
  • बुधबार, बैशाख ११ २०७६

गोरखा- गोरखाको गण्डकी गाउँपालिका ३ फुजेल एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। विद्युत सम्बन्धी काम गर्दै आएका सोही ठाउँका ३१ वर्षीय भुवन अधिकारीको मंगलबार करेन्ट लागेर मृत्यु भएको हो।

कुखुरा फार्ममा लाइन जोड्ने क्रममा बिजुली सर्ट भएर उनको घटनास्थलमै मृत्यु भएको हो । विद्युत प्राधिकरणका प्राविधिकको लापरबाहीले उनलाई करेन्ट लागेको स्थानीय बासिन्दाले आरोप लगाएका छन्।

यता प्राधिकरणले भने स्थानीयकै दबाबमा काम गर्दा उनलाई करेन्ट लागेको बताएको छ। दबाबमा काम गर्दा दुर्घटना भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेको भनाइ छ। उनको शव पोस्टमार्टमका लागि सदरमुकामतर्फ ल्याइएको प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार