राजनीति
पोखरा – एक विदेशी नागरिक अन्नपूर्ण हिमाल आधार शिविरबाट फर्कने क्रममा बेपत्ता भएका छन् । मलेसियन नागरिक वि किन चिन अन्नपूर्ण १ सफल आरोहरण गरेर फर्कने क्रममा दुई दिनदेखि बेपत्ता भएका हुन् ।
सिम्रिक एयरलाइन्सको २ वटा हेलिकप्टर उनको खोजी र उद्दार गर्न त्यसतर्फ लागेका छन् । सिम्रिक एयरको ९ण्-अल्ट् र ९ण्-अक्ड् कल साइन रहेको हेलिकप्टरबाट उद्दार गर्न टोली त्यसतर्फ लागेको सिम्रिक एयरलाइन्सका मार्केटिङ चिफ योगेश सापकोटाले जानकारी दिए ।
उनको उद्दार गर्न पोखरा र काठमाडौंबाट हेलिकप्टर त्यसतर्फ गएका छन् ।