राजनीति
मुगु- जिल्ला सदरमुकाम गमगढी जिल्ला समन्वय समितिको गेट अगाडि बम फेला पारेको छ। बम राख्ने नेकपा विप्लव रहेको सुरक्षा कर्मीको आशंका रहे जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर ऐरले जानकारी दिए।
बम अहिले सुरक्षा निकायको घेरामा रहेको छ। बम निष्क्रिय बनाउन मुगुमा रहेका तिनै सुरक्षा नेपाल प्रहरी सस्शत्र प्रहरी र नेपाल सेनासँग दक्ष प्राविधिक नभएकाले जुम्लाबाट बम निष्क्रिय बनाउने प्राविधिक टोली जुम्ला ब्यारेकबाट आउदै गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
बम निष्क्रिय बनाउनको लागि नेपाल सेना श्रीदल गुल्मसँग सामाना रारामा रहेको र प्राविधिक नभएकाले जुम्लाबाट मगाइएको छ। रारा श्रीदल गुल्मसँग सामान भएको र प्राविधिक टोली मोटरसाइकलबाट आउँदै गरेकाले बम आजै निष्क्रिय बनाइने छ। बम भेटिएपछि स्थानीय त्रसित भएका छन। बम रहेको स्थानमा सुरक्षाकर्मीले स्थानीयलाई आवत-जावतमा रोक लगाएको छ।