logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्री ओलीको जिल्ला झापा कन्काई पुलमा एका बिहानै प्रेसरकुकर बम


  • राजनीति
  • आइतबार, बैशाख २९ २०७६

झापा – प्रधानमन्त्री ओलीको जिल्ला झापा स्थित महेन्द्र राजमार्गमा पर्ने कन्काई पुलमा एका बिहानै बम भेटिएको छ। अज्ञात समूहले राखेको बम हाल नेपाली सेनाको डिस्पोज गरेको छ। कन्काई पुलको पूर्वी भागमा राखेको बम नेपाली सेनाको २१ नम्बर बाहिनीको टोलीले आइतबार बिहान डिस्पोज गरेको हो।

पुलमा प्रेसरकुकर बम राखिएको प्रहरीले बताएको छ। पुलको छेउमा बम भेटिएपछि केहीबेर सवारी साधन अवरोध भएका थिए।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बम राखेको हुन सक्ने प्रहरीको आशंका छ तर चन्दको नेकपामा घटनाबार केही जानकारी दिएको छैन।

त्रिबिको रोजगार नातागोताको संसार , यि हुन नाम निस्किने र तिनका नातेदार

त्रिवि सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखा प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरूको नाम निस्किएको छ

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ-संगठन र नेताका नातेदारहरूको नाम निस्किएको छ ।

लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ । त्रिविका कर्मचारी संघ-संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायतत्रिविकै विभिन्न निकायमा समेत उजुरी दिएका छन् ।

स्रोतका अनुसार त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका पि्रन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरू परीक्षामा सफल भएका छन् ।

आयोग कार्यालयबाट प्राप्त एक सूचीमा अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको नाम शाखा अधिकृत र मुख्य कार्यालय सहायक दुवै पदमा निस्केको छ । उनले भतिजीसहित भनसुनका आधारमा अन्य आफन्त र चिनजानका व्यक्तिको समेत नाम निकाल्न सफल भएको स्रोतको दाबी छ ।

त्यस्तै आयोगका प्रमुख कोइरालाकी छोरी नमिता अधिकृत पदमा पास भएकी छन् । ‘आफ्ना नातागोता वा परिवारका सदस्यले परीक्षा दिने भए नीति-नियम, मर्यादा र परम्पराका हिसाबले सम्बन्धित पदाधिकारी सहभागी हुन मिल्दैन,’ त्रिविका एक प्राध्यापकले कान्तिपुरसँग भने, ‘सेवा आयोगका अध्यक्ष र प्रमुख नै परीक्षामा सहभागी हुनुहुन्छ, उहाँहरूका नातेदारले सक्षम भएरै नाम निकालेको भए पनि यो गैरकानुनी हुन्छ ।’

आयोगका अर्का सदस्य चिन्तामणि पोखरेलले समेत पहुँचका आधारमा आफूनिकट उम्मेदवारलाई परीक्षामा उत्तीर्ण गराएको स्रोतको दाबी छ । ‘त्रिविको प्राध्यापकदेखि कर्मचारीको छनोट र नियुक्तिमा पहुँच र पैसाको प्रतिस्पर्धा हुन थाल्यो,’ अर्का एक कर्मचारीले भने, ‘लेनदेन गरेको प्रमाण नभेटिए पनि आफन्तको नाम धमाधम निस्कनुले यसको पुष्टि गर्छ ।’

अध्यक्ष शर्मा नेकपानिकट हुन् भने प्रमुख कोइराला कांग्रेसनिकट । उनीहरूको सेटिङमा पूर्वएमाले, कांग्रेस र पूर्वमाओवादीनिकट पदाधिकारी तथा विद्यार्थी संगठनका नेताको सिफारिसमा नतिजा प्रकाशित भएको आशंका गरिएको छ । यसरी कम्तीमा ३५ जनाभन्दा बढीलाई उत्तीर्ण गराइएको स्रोतको दाबी छ । ‘परीक्षामा सफल भएका उमेदवारको सूची हेर्दा पूर्वएमाले र कांग्रेस कोटामा ४०/४० प्रतिशत तथा पूर्वमाओवादीतर्फबाट करिब २० प्रतिशत उम्मेदवारको नाम निकालिएको छ,’स्रोतले भन्यो, ‘सर्वसाधारणका छोराछोरीको नाम कमै मात्र निस्केको छ, अन्तर्वार्ता बाँकी नै छ ।’

त्रिवि केन्द्रीय क्याम्पसका पि्रन्सिपल कृष्ण आचार्यकी छोरी कल्पना सहायक लेखा पदमा उत्तीर्ण भएकी छन् । पूर्वरजिस्ट्रार तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका छोरी र ज्वाइँसमेत प्रतिस्पर्धामा सफल भएका हुन् । पौडेल पूर्वमाओवादीनिकट हुन् । छोरी सन्ध्याको सहायक लेखा र ज्वाइँ प्रकाश थापाको मुख्य कार्यालय सहायकमा नाम निस्किएको हो । महाशाखा प्रमुख खनालकी बहिनी उषा पनि सफल भएकी छन् ।

त्यस्तै नेकपा र कांग्रेसका केही नेताका आफन्तको समेत पहुँचका आधारमा नाम निस्केको छ । स्ववियुका पूर्वअध्यक्षसहित पूर्वपदाधिकारी, अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघका नेताका श्रीमती र नातागोताले सफलता पाएका छन् । विद्यार्थी संगठनका पूर्व र वर्तमान नेताहरूले आफूनिकटस्थको नाम निकाल्न सेवा आयोगमा लबिइङ गरेका थिए ।

त्रिवि स्ववियुका पूर्वसभापति हिमाल शर्माकी बहिनी सरिता मुख्य कार्यालय सहायकमा उत्तीर्ण भएकी छन् । कांग्रेसनिकट त्रिवि कर्मचारी युनियनका पदाधिकारीका आफन्तको समेत नाम निस्केको छ । आयोगले विज्ञापन नम्बर १८/२०७३/२०७४ मा विभिन्न पदमा खुला विज्ञापन गरेको थियो । वैशाख १३ मा प्रकाशित नतिजाको अन्तर्वार्ता आइतबारदेखिहुने भनिएको छ ।

प्रशासनिक तथा प्राविधिक पदमा सफल उम्मेदवारको रोल नम्बरको सूची प्रकाशन गरिएको छ । नामसहितको सूची आयोगको वेबसाइटमा भने राखिएको छैन ।

नतिजाप्रति नेपाल राष्ट्रिय कर्मचारी संगठन र प्रगतिशील कर्मचारी संगठनले असन्तुष्टि जनाएका छन् । यी संगठनद्वारा जारी विज्ञप्तिमा उक्त नतिजाले त्रिवि सेवा आयोगको जनविश्वास गुमेको उल्लेख छ । राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव पोखरेलले त्रिवि पछिल्लो समय नेता र आफन्तको भर्तीकेन्द्र बन्दै गएको दाबी गरे । ‘नाम निस्केकाहरू क्षमतावान र योग्य हुुनुहुन्छ होला,’ उनले भने, ‘हामीलाई नतिजा प्रकाशनमा आशंका उत्पन्न भएकाले ध्यानार्कषण गराएका छौं ।’

सेवा आयोगले खुला र आन्तरिक प्रतिस्पर्धामा चर्को शुल्क लिएर परीक्षा सञ्चालन गर्ने तर नतिजा प्रकाशन पारदर्शी तरिकाले नगर्ने उनको भनाइ छ । ‘खुला प्रतिस्पर्धामा मात्रै होइन, बढुवा र आन्तरिक प्रतियोगितामा समेत काखा र पाखा गर्ने गरिएका प्रशस्त प्रमाण छन् ।’ प्रगतिशील संगठनले विज्ञप्तिमार्फत अनियमितता गरी आसेपासेलाई उत्तीर्ण गरिएको नतिजा स्वीकार्य नहुने जनाएको छ । परीक्षामा सहभागी एक विद्यार्थीले प्रश्नपत्र तयार गर्नेक्रममै वा परीक्षामा मिलेमतो गरेर आफन्तलाई पास गराइएको हुनसक्ने जनाए । सोही आधारमा विभिन्न निकायमा उजुरी दिएर छानबिनका लागि आग्रह गरिएको उनले जनाए ।

यस विषयमा सम्पर्क गर्न खोज्दा अध्यक्ष शर्माले स्वरमा समस्या रहेकाले आराम गरिरहेको प्रतिक्रिया दिए । मोबाइल एसएमएसबाट कान्तिपुर संवाददाताले उनलाई ‘विज्ञापन नम्बर १८/२०७३/२०७४ को खुला प्रतिस्पर्धाको लिखित नतिजामा के भएको हो ? नातागोता मात्र पास गराइयो भन्ने गुनासो छ नि ?’ भन्ने जिज्ञासा राख्दा उनले एसएमएसबाटै जवाफ फर्काए, ‘तपाईंलाई नि यस्तै लाग्छ ? बाँकी भेटमा कुरा गरौंला ।’

प्रमुख कोइराला सम्पर्कमा आउन चाहेनन् । सदस्य पोखरेलले कसको नातेदार परे/परेनन् भनेर आयोगलाई कुनै चासो नहुने जनाए । ‘उत्तरपुस्तिका कोडिङ गरेर परीक्षण हुन्छ,’ उनले भने, ‘को पास भयो, को भएन भनेर हामीलाई पनि रिजल्ट सार्वजनिक गर्ने बेला मात्र थाहा हुने हो । शंका लाग्ने विद्यार्थीले रिटोटलिङ गर्न सक्नुहुन्छ ।’

सुदिप कैनीले आजको कान्तिपुरमा लेखेकाछन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार